News चौथो हेटौडा मेयर कपमा वडा नम्बर ३ को विजयी शुरुवात
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । यहाँ शुरु चौथो हेटौडा मेयर कप नकआउट फुटबल प्रतियोगितामा वडा नम्बर ३ ले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा वडा नम्बर ३ ले वडा नम्बर ११ लाई सडन डेथमा हराउँदै विजयी शुरुवात गरेको हो ।

त्यसअघि पिप्ले क्याम्पा रंगशालामा भएको निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । त्यसपछि टाईब्रेकरबाट पनि नतिजा निस्किन नसक्दा सडन डेथमा वडा नम्बर ३ ले वडा नम्बर ११ माथि ५–४ को जित निकाल्दै विजयी शुरुवात गरेको हो ।

खेलमा तीनवटा पेनाल्टी प्रहार रोकेका ३ नम्बर वडाका गोलरक्षक गोपी बर्तौला म्यान अफ दी म्याच घोषित भए । उनले केल्मीको तर्फबाट टिसर्ट उपहार प्राप्त गरे ।

नगर खेलकुद विकास समिति, हेटौडा उपमहानगरपालिकाको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल बैशाख ४ गतेका दिन हुनेछ ।

 

 

Post Comments