News इटहरी सेमिफाइनलमा
गोलनेपाल

सोनापुर । इटहरी फुटबल क्लब, सुनसरी जारी तेस्रो सोनापुर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनलमा इटहरीले बिरगंज युनाइटेड, पर्सालाई ३–२ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

दुहबी–८, सोनापुर स्थित बिष्णु माविको खेलमैदानमा भएको खेलमा इटहरीका लागि फोफोना, प्रवेश बस्नेत र सोङ्गले एक–एक गोल गरे । पराजित बिरगंजका लागि अभिषेक चौधरी र समिन क्षेत्रीले गोल फर्काएका थिए ।

खेलमा इटहरीका फोफोना म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत चैत २७ गते मंगलबारको चौथो क्वाटरफाइनल खेल आयोजक मेमोरी युवा क्लब, सुनसरी र कस्तुरी फुटबल क्लब, लहान बीच हुने आयोजकले जानकारी दियो ।

मेमोरी युवा क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,११,००० हात पार्नेछ भने उपविजेताले १,०,५५०० प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल बैशाख १ गतेका दिन हुनेछ ।

Post Comments