News जितपुरसिमरा गोल्डकपः एपिएफलाई सफलता
गोलनेपाल

जितपुरसिमरा । विभागीय टोली एपिएफ फुटबल क्लब, काठमाडौं यहाँ जारी जगदम्बा स्टिल जितपुरसिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको प्रिक्वाटरफाइनलतर्फ एपिएफले रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुरलाई शून्यका विरुद्ध २ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । खेलमा एपिएफका लागि बिकु तामाङ र प्रदिप लामाले गोल गरे ।

खेलमा म्यान अफ द म्याच भने एपिएफ कै गोलरक्षक एन्जल श्रेष्ठ घोषित भए । प्रतियोगिता अन्तर्गत चैत २७ गते मंगलबारको क्वाटरफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लब बीच हुने आयोजकले जानकारी दियो ।

नव जन जागृति युवा क्लब, जितपुरसिमरा–२, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख ३ गतेका दिन हुनेछ ।

 

Post Comments