News पुलिसलाई हराउँदै बिर्तामोड सेमिफाइनलमा
गोलनेपाल

बराहक्षेत्र । बिर्तामोड न्यु स्टार क्लब, झापा यहाँ जारी सातौं भरौल गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

चौथो क्वाटरफाइनलतर्फ बिर्तामोडले नेपाल पुलिस क्लब, काठमाडौंलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । खेलमा बिर्तामोडका लागि खामिर गिल्सन कान्दङ्वा र यामीले गोल गरेका थिए । खेलमा बिर्तामोड कै यामी म्यान अफ द म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तर्गत चैत २७ गते मंगलबारको पहिलो सेमिफाइनल खेल धरान फुटबल क्लब, सुनसरी र प्लानिङ ब्वाईज युनाइटेड, काठमाडौं बीच हुने आयोजकले जानकारी दियो ।

न्यु स्टार क्लब, बराहक्षेत्र–५, सुनसरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत ३० गतेका दिन हुनेछ ।

Post Comments