News जितपुरसिमरा गोल्डकपः फ्रेण्डस र एपिएफको खेल रोकियो (विज्ञप्तीसहित)
गोलनेपाल

जितपुरसिमरा । यहाँ जारी जगदम्बा स्टिल १४औं जितपुरसिमरा गोल्डकप अन्तर्गत बिहीबार भएको चौथो क्वाटरफाइनलतर्फ एपिएफ फुटबल क्लब र फ्रेण्डस क्लब बीचको खेल स्थगित भएको छ ।

सिमरा रंगशालामा खेल जारी रहेकै बेला दोस्रो हाफको १३औं मिनटमा हावाहुरी, पानी जस्ता प्राकृतिक प्रकोव बाधक बनेपछि आयोजकले खेल स्थगित गरेको जानकारी दिएको छ । साथै स्थगित भएको खेल सोही समयदेखि चैत ३० गते शुक्रबार बिहान ८ः३० बजेदेखि सुचारु हुने पनि आयोजकले जानकारी दियो ।

नव जन जागृति युवा क्लब, जितपुरसिमरा–२, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख ३ गतेका दिन हुनेछ ।

Post Comments