News सहज जितका साथ आयोजक मेमोरी फाइनलमा
गोलनेपाल

सोनापुर । प्रभावशाली जितका साथ मेमोरी युवा क्लब, सोनापुर, सुनसरी जारी तेस्रो सोनापुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा मेमोरीले बर्दिबास नगर क्लब, बर्दिबासलाई ५–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।

दुहबी–८, सोनापुर स्थित बिष्णु माविको खेलमैदानमा भएको खेलमा मेमोरीका लागि नितेश श्रेष्ठ, बिजय भुजेल, बुवन बस्नेत, असिम राई र बिबेश मिश्रले एक–एक गोल गरे । खेलमा म्यान अफ द म्याच भने मेमोरीका विजय भुजेल घोषित भए ।

मेमोरीले बैशाख १ गते शनिबार हुने फाइनलमा इटहरी फुटबल क्लब, सुनसरीसँग उपाधिका लागि भिड्नेछ । इटहरीले बुधबार मात्रै पहिलो सेमिफाइनलमा दमक फुटबल एकेडेमी, झापालाई ३–० ले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

मेमोरी युवा क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,११,००० हात पार्नेछ भने उपविजेताले १,०,५५०० प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

Post Comments