News जितपुरसिमरा गोल्डकपः एपिएफ सेमिफाइनलमा
गोलनेपाल

जितपुरसिमरा । विभागीय टोली एपिएफ फुटबल क्लब, काठमाडौं जारी जगदम्बा स्टिल १४औं जितपुरसिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफले फ्रेण्डस क्लब, कुपण्डोललाई हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

हावाहुरीका कारण बिहीबार स्थगित भएको खेल शुक्रबार बिहान खेलाइएको थियो । सिमरा रंगशालामा भएको खेलमा एपिएफले फ्रेण्डसमाथि शून्यका विरुद्ध २ गोलको जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्न सफल भएको हो ।

खेलमा एपीएफका बुद्धिमान राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार बापत नगद १० हजार र ट्रफी हात पारे । 

प्रतियोगिता अन्तर्गत चैत ३० गते शुक्रबारको पहिलो सेमिफाइनल खेल मच्छिन्द्र फुटबल क्लब, काठमाडौं र सलहेश युथ क्लब, सिराहा बीच हुने आयोजकले जानकारी दियो ।

नव जन जागृति युवा क्लब, जितपुरसिमरा–२, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख ३ गतेका दिन हुनेछ ।

Post Comments