News साविक विजेता केएफसी सेमिफाइनलमा
गोलनेपाल

नवमीडाँडा । साविक विजेता केएफसी, झापा यहाँ जारी न्तर जिल्ला आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । केएफसीले तेस्रो क्वाटरफाइनलतर्फ पाथीभरा युवा क्लब, सुनसरीलाई टाईब्रेकरमा ३–२ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने केएफसी विजयी बन्यो । खेलमा केएफसीका गोलरक्षक बिकास टुडु म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत बैशाख १ गते शनिबारको अन्तिम क्वाटरफाइनल खेल नवकिरण स्र्पोटिङ क्लब, झापा र आत्मा–पवित्र हक्चात यक्चुम, इलाम बीच हुने आयोजकले जानकारी दियो ।

तिजोक युवा क्लब, पाँचथरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख ४ गतेका दिन हुनेछ ।

Post Comments