News पिट्सबर्ग च्यालेञ्ज कप हुँदै, विजेताले उपाधिसहित १० हजार डलर पाउने
गोलनेपाल

काठमाडौं । पिट्सबर्ग च्यालेञ्ज कप टिमको आयोजनामा आउँदो जुन २८ देखि ३० तारीखसम्म हुने पिट्सवर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि जुन १५ तारीखसम्म टिमदर्ता पनि खुला गरिएको छ । टिम रजिष्ट्रेशन शुल्क २०० र टिम इन्ट्री शुल्क १००० डलर तोकिएको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० हजार डलर हात पार्नेछ भने उपविजेताले ६ हजार डलरसहित ट्रफी, मेडल हात पार्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments