News प्रथम बी-१३ फाइभ ए साईड फुटसल बैशाख दोस्रो साता
उमेश पुन

पोखरा । नवीन र साथीहरुको आयोजनामा यही बैशाख १४ र १५ गतेका दिन प्रथम बी-१३ फाईभ ए साईड फुटसल प्रतियोगिता हुने भएको छ ।

रानीपौवा स्पोर्ट्स सेन्टर, पोखरामा हुने प्रतियोगितामा सहभागिता जनाउने इच्छुक क्लबहरुका लागि बैशाख १३ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५५०० तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधी सहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले प्याराग्लाईडिङको अवसर पाउने पनि आयोजकले जानकारी दियो ।

 

Post Comments