News इटहरीलाई तेस्रो सोनापुर गोल्डकपको उपाधी
गोलनेपाल

सोनापुर । उत्कृष्ट जितका साथ यहाँ सम्पन्न तेस्रो सोनापुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि इटहरी फुटबल क्लब, सुनसरीले जितेको छ ।

दुहबी–८, सोनापुर स्थित बिष्णु माविको खेलमैदानमा भएको फाइनलमा आयोजक मेमोरी युवा क्लब, सोनापुरलाई ४-१ ले हराउँदै इटहरी च्याम्पियन बनेको हो ।

विजेता बनेको इटहरीले उपाधी सहित नगद २ लाख ११ हजार हात पार्यो भने उपविजेता आयोजक मेमोरीले १ लाख ५५ सय सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

मेमोरीका अशोक खवास फाइनल खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार बापत नगद ३१०० र ट्रफी हात पारे ।

अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक इटहरीका लोकेश चौधरी बन्दा उत्कृष्ट डिफेन्डर पनि इटहरी कै प्रवेश दनुवार चुनिए । उत्कृष्ट मिडफिल्डर पनि इटहरी कै उमेश कार्कीले हात पारे ।

उत्कृष्ट प्रशिक्षक इटहरीका बिमल मगर बन्दा उदियमान खेलाडी आयोजल मेमोरीका बिबेक मिश्र बने । सर्वाधिक गोलकर्ताको पुरस्कार इटहरीका सोङले हात पारे । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही नगद ५/५ हजार र ट्रफी हात पारे ।

त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी आयोजक मेमोरीका नितेश श्रेष्ठ घोषित भए । उनले पुरस्कार बापत नगद ७ हजार र ट्रफी हात पारे ।

Post Comments