News
तालतलैया आरटिएफ र फाक्सिव सेमिफाइनलमा

चौबिसे । तालतलैया आरटिएफ र फाक्सिव फुटबल क्लब यहाँ जारी सातौं खादले सिद्धदेवी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मौनाबुधुक खेलमैदानमा भएको पहिलो खेलमा तालतलैया आरटिएफले कटारी टाईगर क्लबलाई १–० ले हरायो । तालतलैया आरटिएफका लागि उमेश कार्कीले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता कार्की नै खेलको म्यान अफ द म्याच चुनिए ।
दोस्रो खेलमा फाक्सिवले आयोजक सिसिडिआइसीलाई २–० को अन्तरले हराउँदै सेमिफाइनल यात्रा स्थान सुरक्षित गर्यो । पाक्सिवका लागि सन्दिप लिम्बु र सौरव लिम्बुले गोल गरे ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल बैशाख ५ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- एलएक्स सिटी एफसी १२औं गोरखा रारा गोल्डकपको फाइनलमा
- बिर्तामोड युनाइटेड फाइनलमा प्रवेश, मौसम सुब्बाको ह्याट्रिक
- १२ औं रारा गोल्डकपमा चर्च ब्वाइज क्लब सेमिफाइनलमा प्रवेश
- १२ औं रारा गोल्डकप: डिफेन्डिङ च्याम्पियन सहलेस पेनाल्टीमा पराजित, बिर्तामोड युनाइटेड सेमिफाइनलमा
- १२ औं रारा गोल्डकप: एल एक्स सिटी फुटबल क्लब सेमिफाइनलमा