News एएफसी यु–२३ एसियन कप शुरु, कतारको विजयी शुरुवात
गोलनेपाल

काठमाडौ (एजेनसी) । कतारमा शुरु एएफसी यु–२३ एसियन कपको छैटौं संस्करणमा आयोजक तथा घरेलु टोली कतारले विजयी शुरुवात गरेको छ । समूह ए मा रहेको कतारले आफ्नो पहिलो खेलमा इण्डोनेसियालाई २–० ले हराउँदै विजयी शुरुवात गरेको हो ।

सोही समूहको अर्को खेलमा अष्ट्रेलिया र जोर्डनले गोलरहित बराबरी खेल्दै अंक बाँडे । समूह चरणको दोस्रो खेलमा १८ अप्रिलका लागि कतारले जोर्डनको सामना गर्नेछ भने सोही दिन अष्ट्रेलिया र इण्डोनेसिया पनि भिड्ने छन् ।

प्रतियोगितामा सहभागि कुल १६ टोलीहरुले चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । साउदी अरेबिया प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो ।

यस प्रतियोगिताको शिर्ष तीन स्थान हासिल गर्ने टोली फ्रानसमा हुने ओलम्पिकका लागि सोझै छनौट हुनेछन् । त्यस्तै चौथो स्थान हासिल गर्ने टोलीले भने प्ले अफ खेल्नु पर्नेछ ।

Post Comments