News पानबारी र फाक्सिक उपाधिका लागि भिड्ने
गोलनेपाल

चौबिसे । पानबारी फुटबल क्लब र फाक्सिक फुटबल क्लब यहाँ जारी सातौं खादले सिद्धदेवी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । मंगलबार भएका दुई सेमिफाइनल खेलहरुबाट पानबारी र फाक्सिक उपाधि नजिक पुगेका हुन् ।

पहिलो सेमिफाइनलमा पानबारीले आरआइएफटीलाई शून्यका विरुद्ध ५ गोलले हरायो । पानबारीका लागि मिलन लिम्बुले दुई गोल गरे भने दोर्जे तामाङ, रोमन लिम्बु र अर्जुन लिम्बुले एक–एक गोल गरे । खेलमा पानबारीका मिलन लिम्बु म्यान अफ द म्याच घोषित भए ।

दोस्रो सेमिफाइनलमा फाक्सिकले युनिटी स्पोर्टस क्लबलाई २–१ ले हरायो । फाक्सिकका लागि सौरव लिम्बु र प्रबिन लिम्बुले गोल गरे । पराजित युनिटीका लागि रबिन लिम्बुले गोल गरे । खेलमा फाक्सिकका सौरव लिम्बु म्यान अफ द म्याच घोषित भए ।

अब बैशाख ५ गते बुधबार हुने फाइनलमा पानबारी र फाक्सिकले उपाधिका लागि भिड्ने छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments