News
हेटौडा मेयर कपः उपाधिका लागि वडा नम्बर ४ र १४ भिड्ने

हेटौडा । यहाँ जारी हेटौडा मेयर कप वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाईनल खेलमा वडा नं १४ र ४ भिडने भएका छन ।
मंगलबार भएको पहिलो सेमिफाईनलमा वडा न १४ ले १५ लाई पेनाल्टी सुटआउटमा ४-३ ले परिजित गरि फाइनलमा प्रबेश गर्न सफल भएको हो । निर्धारित समय समय सम्म दुबै टोलि बिच कुनै पनि गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउट बाट लिइएको थियो । पहिलो खेलको म्यान अफ द म्याच वडा न १४ का सुबिन घलान भए ।
त्यसैगरी दोस्रो सेमिफाईनल खेलमा वडा न १३ लाई वडा न ४ ले पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै फाइनलमा प्रबेश गर्न सफल भएको छ । निर्धारित समय सम्म दुबै टोलि बिच दुई दुई गोलको बराबरिमा खेल सकिएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय लिइएको थियो । दोस्रो सेमिफाइनलमा बिजेता टिमको लागि दुई गोल गरेका अनिष महर्जन खेलको म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिताको फाईनल खेल भोलि हुने र बिजोताले नगद दुई लाख सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसैगरि दोस्रो, तेस्राे र चाैथो हुनेले क्रमश नगद एकलाख पचासहजार, पचासहजार र पच्चीस हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
Post Comments