News उमा–टंक गुरुङ स्मृति कप फुटसल हुँदै
उमेश पुन

पोखरा । परमर्थनगर क्लब, पोखरा–२७ को आयोजनामा यही बैशाख ७ र ८ गतेका दिन उमा–टंक गुरुङ स्मृति कप फाईभ ए साईड एमेच्योर फुटसल प्रतियोगिता हुने भएको छ ।

पोखरा–२७, तालचोक स्थित काइट्स स्पोर्टसमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ । इच्छुक क्लबहरुका लागि यही बैशाख ५ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४००० तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६६,६६६ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३३,३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments