News
एन्फा उपाध्यक्ष लामा पक्राउ
![](https://nepali.goalnepal.com/uploads/news/1713334083.jpg)
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय उपाध्यक्ष दावा लामालाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको अनलाईनखबरले समाचार प्रकाशित गरेको छ ।
खबर अनुसार पक्राउ परेका लामालाई लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा वि.सं. २०६४ सालमा पाटन उच्च अदालतले दोषी ठहर गरेको थियो ।
Post Comments