News
जापान, दक्षिण कोरिया, साउदी र थाइल्यान्डको जित

काठमाडौ (एजेन्सी) । कतारमा जारी एएफसी यु-२३ एसियन कपतर्फ दावेदार टोलीहरु जापान, दक्षिण कोरिया, साविक विजेता साउदी अरेबिया र थाइल्यान्डले विजयी शुरुवात गरेका छन ।
समूह बी मा रहेका जापान र कोरियाले विजयी शुरुवात गर्ने क्रममा समान अन्तरको जित निकाले । जापानले चीनलाई र कोरियाले युएईलाई समान १-० ले हराउँदै तीन अंक जोड्यो ।
समूह चरणतर्फ आफ्बो दोस्रो खेलमा १९ अप्रिलका दिन जापानले युएईको सामना गर्नेछ भने सोही दिन कोरियाले चीनसँग खेल्नेछ ।
त्यस्तै समूह सी मा रहेको साविक विजेता साउदीले तजिकिस्तानमाथी ४-२ को प्रभावशाली जित निकाल्यो । सोही समुहको अर्को खेलमा थाइल्यान्डले इराकलाई २-० ले स्तब्ध बनायो ।
समूह चरणतर्फ आफ्बो दोस्रो खेलमा १९ अप्रिलका दिन इराकले ताजिकिस्तानको सामना गर्नेछ भने सोही दिन साउदीले थाइल्यान्डसँग खेल्नेछ ।
Post Comments
Related News
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध