News दुहबी मेयर कप: वार्ड नम्बर ७ क्वाटरफाइनलमा
गोलनेपाल

दुहबी । संघर्षपुर्ण जितका साथ वार्ड नम्बर ७ यहाँ जारी छैठौ दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको अन्तिम प्रीक्वाटरफाइनलतर्फ वार्ड नम्बर ७ ले वार्ड नम्बर ११ लाई सडन डेथमा हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

त्यसअघि दुहबी–५, सुनसरी स्थित सरस्वती माविको खेलमैदानमा भएको भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २-२ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ वार्ड नम्बर ७ का लागि डोमा रिसिदेव र निशान चौधरीले गोल गरेका थिए भने वार्ड नम्बर ११ का लागि सुजन कुमार सरदार र दिलिप उरावले गोल गरेका थिए ।

त्यसपछि टाइब्रेकरमा पनि नतिजा निस्किन नसक्दा सडन डेथमा वार्ड नम्बर ७ ले वार्ड नम्बर ११ माथी ६-५ को जित निकाल्दै नजिता आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा वार्ड नम्बर ७ का अनिल चौधरी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत बैशाख १० गते सोमबारको पहिलो क्वाटरफाइनल खेल वार्ड नम्बर ८ र ९ बीच हुने आयोजकले जानकारी दियो ।

दुहबी नगरपालिका, दुहबी, सुनसरीको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद १,२५,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७२,२२२ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल बैशाक १७ गतेका दिन हुनेछ ।

Post Comments