News दुहबी मेयर कपः वार्ड नम्बर १० सेमिफाइनलमा
गोलनेपाल

दुहबी । संघर्षपुर्ण जितका साथ वार्ड नम्बर १० यहाँ जारी छैठौं दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ । बुधबार भएको तेस्रो क्वाटरफाइनलमा वार्ड नम्बर १० ले वार्ड नम्बर ५ लाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

तयसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । निर्धारित समयतर्फ वार्ड नम्बर १० का लागि समित चौधरी र कबिन्द्र नारायण चौधरीले गोल गरे । उता वार्ड नम्बर ५ का लागि भने दुवै गोल शनी चौधरीले गरे ।

यद्यपि टाईब्रेकरमा भने वार्ड नम्बर १० ले ५ माथि ४–२ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्यो । खेलमा वार्ड नम्बर ५ का शनी चौधरी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत बैशाख १३ गते बिहीबारको चौथो क्वाटरफाइनल खेल वार्ड नम्बर ४ र ७ बीच हुने आयोजकले जानकारी दियो ।

दुहबी नगरपालिका, दुहबी, सुनसरीको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद १,२५,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७२,२२२ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल बैशाक १७ गतेका दिन हुनेछ ।

Post Comments