News जापान र इन्डोनेसिया सेमिफाइनलमा
गोलनेपाल

काठमाडौ (एजेन्जी) । पुर्व विजेता जापान र पहिलोपटक सहभागिता जनाईरहेको इन्डोनेसिया जारी एएफसी यु-२३ एसियन कपको सेमिफाइनलमा प्रवेश गरेका छन ।

पहिलो क्वाटरफाइनलतर्फ दावेदार मध्ये एक जापानले आयोजक कतारमाथी ४-२ को जित निकाल्दै अन्तिम चारमा स्थान बनायो ।

दोस्रो क्वाटरफाइनलमा भने इन्डोनेसियाले पुर्व विजेता तथा अर्को दावेदार मध्ये एक दक्षिण कोरियालाई सडन डेथमा हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २-२ गोलको बराबरी खेलेका थिए ।

त्यसपछि निर्धारित समय, अतिरिक्त समय र टाईब्रेकरमा पनि नतिजा निस्किन नसक्दा सडन डेथमा इन्डोनेसियाले कोरियामाथी ११-१० को जित निकाल्दै एतिहासिक अन्तिम चारमा स्थान बनायो ।

Post Comments