News
प्रथम खुला फुटसल बैशाख तेस्रो साता
ललितपुर । हात्तीवन युथ क्लबको आयोजनामा यही बैशाख २२ गतेका दिन प्रथम खुला फाईभ ए साईड फुटसल प्रतियोगिता हुने भएको छ । हरिशिद्धि, ललितपुर स्थित शेरा फुटसलमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ ।
साथै टिमदर्ता शुल्क ३५०० तोकिएको छ । शेरा फुटसलको विशेष सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै विगधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता गरी तीन बिधामा पनि उचित पुरस्कारहरुको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि