News जंग बहादुर थापा स्मृति तेस्रो डाँडाबजार गोल्डकप शुरु, तालतलैया र निराजन युवाको विजयी शुरुवात
गोलनेपाल

डाँडाबजार । शुक्रबारदेखि शुरु भएको जंग बहादुर थापा स्मृति तेस्रो डाँडाबजार गोल्डकप नकआउट फुटबल प्रतियोगितामा तालतलैया फुटबल क्लब र निराजन युवा क्लबले विजयी शुरुवात गरेका छन् ।

प्रतियोगिताको उद्घाटन खेल र पहिलो क्वाटरफाइनलमा तालतलैयाले डाँगीहाट फुटबल क्लबलाई २–० ले हरायो भने दोस्रो क्वाटरफाइनलमा निराजन युवा क्लबले गाईघाट फुटबल क्लबलाई समान २–० ले पराजित गर्यो ।

यो जितसँगै तालतलैया र निराजन युवा सेमिफाइनलमा समेत प्रवेश गरेका छन् । प्रतियोगिता अन्तर्गत बैशाख १५ गते शनिबार अन्तिम दुई क्वाटरफाइनल खेलहरु हुने आयोजकले जानकारी दियो ।

डाँडाबजार फुटबल क्लब, साँगुरीगढी, धनकुटाको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ । प्रतियोगिताको फाइनल खेल भने बैशाख १७ गतेका दिन हुनेछ ।

Post Comments