News
एएफसी सी डिप्लोमा कोर्ष हुँदै
काठमाडौं । कैलाली जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा शनिबारदेखि सात दिने एएफसी सी डिप्लोमा कोचिङ कोर्ष शुरु हुने भएको छ ।
त्यसअघि शुक्रबार एक कार्यक्रमका बीच सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दिपक बहादुर सिंहले एक कार्यक्रमका बीच औपचारिक रुपमा कोर्षको उद्घाटन गरे ।
सो अवसरमा कैलाली जिल्ला फुटबल संघका अध्यक्ष तथा एन्फाका केन्द्रिय सदस्य अनिल मल्ल, एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्का लगायतका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो
।स्मरण रहोस, शनिबारदेखि शुरु हुने एएफसी सी डिप्लोमा कोचिङ कोर्ष आउँदो बैशाख २१ गते शुक्रबार समापन हुनेछ ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”