कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–८ लोहरपुरमा चौथो भजहर कप फुटबल प्रतियोगिता सुरु भएको छ । थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुदैं आएको भजहर कपको चौथो संस्करण आजदेखि सुरु भएको हो ।
श्री युवा जनहित क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको सुदुरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीले उद्घाटन गरे । पहिचानमा आधारित खेलकुद विकासमा हाम्रो रहर, थारु कला संस्कृति संरक्षणका लागि भजहर भन्ने नाराका साथ सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा राईजिङ स्टार युवा क्लब विजयी भएको छ ।
कैलारी गाउँपालिका वडा नम्बर ६ को ईलाईट युवा क्लबलाई टाईब्रेकरमा हराउँदै राईजिङ स्टार युवा क्लब विजयी भएको हो । निर्धारित समय दुबै टोलीले एक एकको बराबरी खेलेपछि टाईब्रेकरमा राईजिङ स्टार युवा क्लब ३–१ ले विजयी भयो ।
वैशाख २२ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले नगद एक लाख तथा उपविजेताले नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद एक हजार पाउँदा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिने आयोजक श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए ।
थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडी बढाउनका लागि गरिदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको छ । त्यसका साथै थारु कला संस्कृतिहरु पनि प्रस्तुत गरिरहेको आयोजकले जनाएको छ ।
- सुर्मादेवी महिला च्याम्पियन, ईलाईटले जित्यो पुरुष उपाधि
- महिलातर्फ सुर्मादेवी र पुरुषतर्फ संघर्ष फाइनलमा
- पुरुषतर्फ ईलाईट फाइनलमा, महिलातर्फ न्यू कालिकाको शानदार जीत; सोमबार अन्तिम सेमिफाइनल
- सुदूरपश्चिम प्रहरी र नमोबुद्ध सेमिफाइनलमा
- युवा सुन्दर शक्ति र ईलाईट पुरुष क्वार्टरफाइनलमा, सुर्मादेवी महिला सेमिफाइनलमा