News
झापामा महिला फुटबल हुँदै (खेलतालिकासहित)

झापा । कमल गाउँपालिका खेलकुद विकास समिति, झापाको आयोजनामा यही बैशाख २३ गतेदेखि महिला फुटबल प्रतियोगिता हुने भएको छ । आयोजकले खेलतालिका पनि सार्वजनिक गरेको छ ।
प्रतियोगिताको पहिलो दिन दुई खेलहरु हुने छन् । प्रतियोगिताको पहिलो दिन बैशाख २३ गते २ः३० बजे हुने पहिलो खेलमा केचना एफसी र कनकाई एकेडेमी भिड्ने छन् । त्यस्तै ४ बजे हुने दोस्रो खेलमा रोयल स्र्पोटिङ क्लब र आयोजक कमल गाउँपालिकाको महिला फुटबल टोली भिड्ने छन् ।
कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल बैशाख २७ गतेका दिन हुनेछ । विजेता तथा उपविजेता खेलाडीहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments