झापा । बुद्ध आदर्श माविको खेल मैदानमा जारी ‘लोकराज ढुंगाना स्मृति च्यालेञ्ज कप प्रतियोगिता २०८२’ को दोस्रो खेलमा इलामको जिर्मले फुटबल क्लबलाई टाइब्रकेरमा ५–४ को गोलअन्तरले पराजित गर्दै बिर्तामोडको न्यु स्टार क्लब सेमीफाइनलमा प्रवेश गरेको छ ।
खेलको २५ औ मिनेटमा जिर्मले फुटबल क्लबका पवन राईले पहीलो गोल गरेका थिए तर खेलको ७२ औ मिनेटमा बिर्तामोडको न्यु स्टार क्लबका निश्चल बस्नेतले १ गोल गर्दै खेल बराबरीमा पुर्याए ।
निर्धारित समय सम्म दुवै टिमले १–१ बराबरीमा सकिए पछी खेल टाइब्रकेरमा धकेलीएको थियो । खेलको म्यान अफ दि म्याचयु स्टार क्लबका गोल रक्षक उत्तम कार्की घोषित हुँदा नगद रु। १५०० रुपैयाँ प्राप्त गरका छन्।
आदर्श युवा क्लबका पूर्व अध्यक्ष तथा कोशी प्रदेश फुटबल रेफ्रिसंघका सदस्य समेत रहेका ढुंगानाको गत बर्ष निधन भएको थियो । उनले बुद्धशान्ति तथा खेलकुद क्षेत्रलाई पूर्याएको योगदान अतुलनिय रहेको भन्दै उनको सम्झनामा क्लबले फुटबल प्रतियोगिता गरिएको हो ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा