काठमाडौ । इङल्याण्डको सी फुटबल टिमसँग खेल्ने मैत्रीपूर्ण फुटबल म्याचका लागि नेपालको फाइनल स्क्वाड घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो ऐनिसले सोमबार फाइनल स्क्वाड घोषणा गरेका हुन् ।
स्मरण रहोस, नेपालले आउँदो मई ६ तारीखका दिन इङल्याण्डको सी फुटबल टिमसँग एल्डरशटमा मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ । नेपाली टोलीको सोमबार नै एक कार्यक्रमका बीच विदाई समेत गरियो ।
विदाई कार्यक्रमका प्रमुख अतिथीका रुपमा उपस्थित नेपालका लागि बेलायती राजदुत रोब फेनले नेपाली टोलीलाई शुभकामना दिए । सो अवसरमा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष बिर बहादुर खड्का, महासचिव किरन राई, प्रवक्ता सुरेश शाह लगायतको उपस्थिति रहेको थियो ।
नेपालको फाइनल स्क्वाडः
गोलकिपर्सः किरन कुमार लिम्बु, अभिषेक बराल, बिशाल सुनार
डिफेन्डर्सः छिरिङ लामा, सनिष श्रेष्ठ, अभिषेक लिम्बु, बिशाल बस्नेत, बिमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ, रोहित चन्द
मिडफिल्डर्सः फत्तेमान घले, मनि कुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी, लाकेन लिम्बु
फरवार्डसः दिनेश हेन्जन, अन्जन बिष्ट, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सन्जिव बिष्ट
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”