काठमाडौ । इङल्याण्डको सी फुटबल टिमसँग खेल्ने मैत्रीपूर्ण फुटबल म्याचका लागि नेपालको फाइनल स्क्वाड घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो ऐनिसले सोमबार फाइनल स्क्वाड घोषणा गरेका हुन् ।
स्मरण रहोस, नेपालले आउँदो मई ६ तारीखका दिन इङल्याण्डको सी फुटबल टिमसँग एल्डरशटमा मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ । नेपाली टोलीको सोमबार नै एक कार्यक्रमका बीच विदाई समेत गरियो ।
विदाई कार्यक्रमका प्रमुख अतिथीका रुपमा उपस्थित नेपालका लागि बेलायती राजदुत रोब फेनले नेपाली टोलीलाई शुभकामना दिए । सो अवसरमा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष बिर बहादुर खड्का, महासचिव किरन राई, प्रवक्ता सुरेश शाह लगायतको उपस्थिति रहेको थियो ।
नेपालको फाइनल स्क्वाडः
गोलकिपर्सः किरन कुमार लिम्बु, अभिषेक बराल, बिशाल सुनार
डिफेन्डर्सः छिरिङ लामा, सनिष श्रेष्ठ, अभिषेक लिम्बु, बिशाल बस्नेत, बिमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ, रोहित चन्द
मिडफिल्डर्सः फत्तेमान घले, मनि कुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी, लाकेन लिम्बु
फरवार्डसः दिनेश हेन्जन, अन्जन बिष्ट, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सन्जिव बिष्ट
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान