News उत्कृष्ट जितका साथ तिलोत्तमा–१५ सेमिफाइनलमा
सुरज राना मगर

सुपौली । उत्कृष्ट जितका साथ तिलोत्तमा–१५ यहाँ जारी प्रथम बाउन्नकोटी कप अन्तरपालिका वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा–१४, सुपौली स्थित बाउन्नकोटी खेलमैदानमा भएको क्वाटरफाइनलतर्फ तिलोत्तमा–१५ ले तिलोत्तमा–१६ लाई शून्यका विरुद्ध ५ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

तिलोत्तमा–१५ का लागि रोशन थापा र सन्देश यादवले दुई–दुई गोल गरे । त्यस्तै थप एक गोल सन्जित गुरुङ्गले गरे । प्रतियोगिता अन्तर्गत बैशाख १८ गते मंगलबारको पहिलो सेमिफाइनल खेल तिलोत्तमा–१३ र सियारी–१ बीच हुने खेल संयोजक झबिलाल थापाले जानकारी दिए ।

बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूह, चिल्हिया, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष लिल बहादुर क्षेत्रीले जानकारी दिए । फाइनल खेल बैशाख २१ गतेका दिन हुनेछ ।

Post Comments