News अन्तर पालिका मेयर कप: मध्यपुरको जित
गोलनेपाल

ललितपुर । मध्यपुर थिमी नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रबेश गरेको छ ।

गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा सोमबार सम्पन्न एक मात्र खेलमा टोखा नगरपालिका, काठमाडौलाई ४–० गोल अन्तरले हराउँदै मध्यपुर थिमी, भक्तपुरले अन्तिम आठमा स्थान बनाएको हो ।

मध्यपुरको जितमा रोहन खड्गीले ह्याट्रिक पूरा गरे भने थप एक गोल कप्तान यमन राजबाहकको नाममा रह्यो । ह्याट्रिक गरेका रोहन खेलको म्यान अफ द म्याच चुनिए ।

मध्यपुरले अब बैशाख २२ गते तारकेश्वर नगरपालिका र कीर्तिपुर नगरपालिकाबीचको खेलको विजेतासँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ । तारकेश्वर र कीर्तिपुरबीचको खेल मंगलबार दिउँसो ३ बजे सुरु हुनेछ ।

प्रतियोगितामा मध्यपुरसँगै नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिणकाली नगरपालिका क्वाटरफाइनलमा पुगीसकेका छन् ।

प्रतियोगिताको विजेता टिमले उपाधिसहित नगद ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने छन् । त्यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

Post Comments