काठमाडौं (एजेन्सी) । गत महिना कतारमा सम्पन्न एएफसी यु–२३ एसियन कपतर्फ पहिलो सहभागिता मै ऐतिहासिक सेमिफाइनल यात्रा तय गरेको इण्डोनेसिया पुरुष ओलम्पिक फुटबलमा छनौट हुनबाट फेरि चुकेको छ ।
एएफसी यु–२३ एसियन कपतर्फ तेस्रो स्थानका लागि भएको प्ले अफ म्याचमा इण्डोनेसियालाई जित निकाल्दै सोझै ओलम्पिक फुटबलमा छनौट हुने अवसर थियो । तर त्यतिबेला इण्डोनेसिया इराकसँग १–२ ले पराजित हुँदै निराश बन्न पुगेको थियो ।
एएफसी यु–२३ एसियन कपमा चौथो स्थान हासिल गरेपछि इण्डोनेसियालाई अर्को प्ले अफ खेल्दै ओलम्पिकमा छनौट हुने अवसर थियो । यद्यपि बिहीबार भएको त्यो प्ले अफ खेलमा इण्डोनेसियाले अफ्रिकी देश गुएनासँग १–० ले पराजित हुन पुग्यो ।
यो नतिजासँगै इण्डोनेसियाको प्रतिष्ठित ओलम्पिक फुटबल खेल्ने सपना यसपटक समाप्त भएको छ । स्मरण रहोस, ओलम्पिकमा यसपटक एसियाबाट जापान, उज्वेकिस्तान र इराकले सहभागिता जनाउँदै छन् ।
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट