
काठमाडौं (एजेन्सी) । गत महिना कतारमा सम्पन्न एएफसी यु–२३ एसियन कपतर्फ पहिलो सहभागिता मै ऐतिहासिक सेमिफाइनल यात्रा तय गरेको इण्डोनेसिया पुरुष ओलम्पिक फुटबलमा छनौट हुनबाट फेरि चुकेको छ ।
एएफसी यु–२३ एसियन कपतर्फ तेस्रो स्थानका लागि भएको प्ले अफ म्याचमा इण्डोनेसियालाई जित निकाल्दै सोझै ओलम्पिक फुटबलमा छनौट हुने अवसर थियो । तर त्यतिबेला इण्डोनेसिया इराकसँग १–२ ले पराजित हुँदै निराश बन्न पुगेको थियो ।
एएफसी यु–२३ एसियन कपमा चौथो स्थान हासिल गरेपछि इण्डोनेसियालाई अर्को प्ले अफ खेल्दै ओलम्पिकमा छनौट हुने अवसर थियो । यद्यपि बिहीबार भएको त्यो प्ले अफ खेलमा इण्डोनेसियाले अफ्रिकी देश गुएनासँग १–० ले पराजित हुन पुग्यो ।
यो नतिजासँगै इण्डोनेसियाको प्रतिष्ठित ओलम्पिक फुटबल खेल्ने सपना यसपटक समाप्त भएको छ । स्मरण रहोस, ओलम्पिकमा यसपटक एसियाबाट जापान, उज्वेकिस्तान र इराकले सहभागिता जनाउँदै छन् ।
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने
- एएफसी च्याम्पियन्स लिग इलिटः अल हिलालको चुनौति सेमिफाइनलबाटै समाप्त
- एएफसी यु–२० महिला एसियन कप छनौटतर्फ समूह ए मा नेपाल
- उज्वेकिस्तानलाई एएफसी यु–१७ एसियन कपको उपाधि