News सुनसरी जिल्ला ए डिभिजन लिग: दुवै खेल बराबरीमा
गोलनेपाल

धरान । यहाँ जारी सुनसरी जिल्ला ए डिभिजन लिग अन्तर्गत भएका दुई खेलहरु बराबरीमा टुंगिएका छन ।

इटहरी क्षेत्रतर्फ इटहरी रंगशालामा भएको खेलमा ब्वाईज एफसी र राष्ट्रिय जागृती क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

खेलमा ब्वाईज एफसीका किरन राई म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद १ हजार र ट्रफी हात पारे ।

त्यस्तै धरान क्षेत्रतर्फ धरान रंगशालामा भएको खेलमा धरान एफसी र गोधुली क्लबले पनि १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन ।

खेलमा धरान एफसीका सुशान्त राई म्यान अफ द म्याच घोषित भए । उनले पनि नगद १ हजार र ट्रफी हात पारे ।

Post Comments