धनकुटा । भिमनारायण स्मृति प्रतिष्ठान, धनकुटाको आयोजनामा शनिबार सम्पन्न १६औं भिमनारायण गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेड क्लब, झापाले जितेको छ ।
फाइनलमा बिर्तामोडले एपिएफ फुटबल क्लब, काठमाडौंलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । बिर्तामोडको जितमा आशिष चापागाईं, अभिषेक गुरुङ्ग र देवेन्द्र तामाङले गोल गरे ।
विजेता बनेको बिर्तामोडले उपाधिसहित नगद ५ लाख हात पार्दा उपविजेता एपिएफले २ लाख ५० हजारमा चित्त बुझायो । फाइनल खेलको म्यान अफ द म्याच एपिएफका प्रदिप लामा चुनिए । उनले त्यसवापत नगद ५ हजार र ट्रफी हात पारे ।
अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक बिर्तामोडका सन्दिप लिम्बु बन्दा उत्कृष्ट डिफेन्डर बिर्तामोड कै देवेन्द्र तामाङ चुनिए । उत्कृष्ट मिडफिल्डर एपिएफका बुद्धिमान राई बन्दा उत्कृष्ट फरवार्ड बिर्तामोडका अभिषेक गुरुङ्ग बने ।
उत्कृष्ट प्रशिक्षक पनि बिर्तामोड कै योगेश गुरुङ्ग चुनिए । उत्कृष्ट बनेका सबैले जनही ७,५५५ रुपैयाँसहित ट्रफी हात पारे । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी बिर्तामोडका आशिष चापागाईं घोषित भए । त्यसवापत उनले नगद १७,५५५ रुपैयाँसहित ट्रफी हात पारे ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङ लगायतले पुरस्कृत गरेका थिए ।
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा