News
इङल्याण्डबाट स्वदेश फर्कियो टिम नेपाल
काठमाडौं । मैत्रीपूर्ण फुटबल म्याचका लागि इङल्याण्ड पुगेको नेपालको राष्ट्रिय पुरुष फुटबल टोली शनिबार स्वदेश फर्किएको छ । त्रिभुवन विमानस्थलमा एन्फाका पदाधिकारीहरुले राष्ट्रिय टोलीका सदस्यहरुलाइृ स्वागत गरेका थिए ।
स्मरण रहोस, नेपालले गत मई ६ तारीखका दिन एल्डरशटमा इङल्याण्ड सी फुटबल टिमसँग मैत्रीपूर्ण फुटबल म्याच खेलेको थियो । सो खेलमा नेपालले घरेलु टोलीसँग ०–२ को हार बेहोरेको थियो ।
त्यसअघि नेपालले ब्रिटिश आर्मीसँग पनि मैत्रीपूर्ण अभ्यास म्याच खेलेको थियो । जुन खेल भने गोलरहित बराबरीमा टुंगिएको थियो । टिम नेपाल अब फिफा विश्वकप छनौटतर्फको तयारीमा लाग्नेछ ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”