News आयोजकइभोलुशनको जितमा शरदको ह्याट्रिक
सुरज राना मगर

बुटवल । उत्कृष्ट जितका साथ आयोजक इभोलुशन क्लब अफ बुटवल यहाँ जारी दोस्रो इभोलुशन कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको प्रिक्वाटरफाइनलतर्फ इभोलुशनले चाँदनी फुटबल क्लबलाई ५–२ ले हराउँदै क्वाटरफाइनमा स्थान सुरक्षित गरेको हो ।

बुटवल–१२, तामनगर स्थित चारपाला रंगशालामा भएको खेलमा आयोजक इभोलुशनका लागि कप्तान शरद क्षेत्रीले ह्याट्रिक गरे । त्यस्तै भुवन थापा र अजित बिकले थप एक–एक गोल गरे । उता पराजित चाँदनीका लागि साजन परियार र रबिन थापाले गोल गरे ।

खेलमा म्यान अफ द म्याच भने इभोलुशन कै जितेश गुरुङ घोषित भए । प्रतियोगिता अन्तर्गत बैशाख ३१ गते सोमबारको खेल मनोभाव फुटबल क्लब र राधाकृष्ण फुटबवल क्लब बीच हुने खेल संयोजक यम बलाल मगरले जानकारी दिए ।

इभोलुशन क्लब अफ बुटवलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५२,२५० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष राम बहादुर पुनले बताए । फाइनल खेल जेठ १० गतेका दिन हुनेछ ।

Post Comments