काठमाडौं (एजेन्सी) । लोकप्रिय खेल फुटबलमा खेलाडीले रातो कार्ड पाउनुलाई सम्बन्धित खेलाडीले गरेको गम्भिर गल्तीका रुपमा लिइने गरिन्छ ।
अर्थात विपक्षी खेलाडीलाई अपशब्द प्रयोग गर्नु, हातपात गर्नु र फुटबलको नियम विपरित गम्भिर कार्य गर्दा रेफ्रीले खेलाडीलाई रातो कार्ड देखाउँदै मैदान बाहिर निश्कासन गर्ने गर्छ ।
अब आएर यो रातो कार्डको प्रयोग यति मै सिमित नहुने देखिएको छ । रिपोर्टअनुसार अब कुनै खेलाडीले जानाजान खेलका क्रममा हाछ्युँ गरे रेफ्रीले त्यस्ता खेलाडीलाई पनि रातो कार्ड दिन सक्नेछ ।
यो कुराको पुष्टी फुटबलको नियम बनाउने सर्वोच्च संस्था अन्तर्राष्ट्रिय फुटबल एसोसिएशन बोर्ड (आइएफएबी) ले गरेको छ । आइएफएबीले खेलका क्रममा खेलाडीले नियतवश वा प्राकृतिक रुपमा हाछ्युँ गरेको भन्ने निर्णय लिने पूर्ण अधिकार रेफ्रीलाई दिएको छ ।
त्यति मात्र नभएर बोर्डले रेफ्रीलाई यसबारे सही र निष्पक्ष निर्णय लिन समेत आदेश दिएको छ । स्मरण रहोस, हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) महामारकिा कारण फुटबलमा केही नयाँ नीति नियमहरु परिमार्जन भइरहेका छन् ।
यसअघि आइएफएबीले आगामी सिजनदेखि फुटबलमा पाँच खेलाडीलाई मैदानमा वैकल्पिक खेलाडीका रुपमा प्रवेश गराउन सकिने नियम बनाएको थियो । जुन नियम आगामी सिजनदेखि लागु हुने समेत बताइएको छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै