News चीनका चर्चित गोलरक्षक झी को सन्यास
गोलनेपाल

काठमाडौं (एजेन्सी) । चीनका पूर्व चर्चित गोलरक्षक याङ झीले आफ्नो १७ बर्षे सक्रिय फुटबल यात्रालाई सोमबार पूर्णविराम लगाएका छन् । रिपोर्टअनुसार ३७ बर्षिय झीले सोमबार सक्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

स्मरण रहोस, आफ्नो अधिकांश व्यवसायीक करियर चाइनिज सुपर लिग क्लब बेइजिङ एफसीमा बिताएका झाङ गत बर्षदेखि क्लबविहीन थिए । सन् २००५ मा आफ्नो घरेलु टोली ग्वाङडोङबाट बेइजिङमा आवद्ध भएका झीले क्लबका लागि सन् २००९ मा प्रतिष्ठित चाइनिज सुपर लिगको उपाधि समेत जितेका थिए ।

बेइजिङ एफसीका लागि चार सय भन्दा बढी म्याच खेलेका झी टोलीको पहिलो रोजाईको गोलरक्षक बनेर एक दशक भन्दा बढी बेइजिङमा राज गरे ।

चीनको राष्ट्रिय फुटबल टोलीका लागि ३८ क्याप जितेका थिए झीले सन् २००६ मा थाइल्याण्ड विरुद्ध अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । यद्यपि उनले राष्ट्रिय फुटबल टोलीबाट भने सन् २०१६ मा सन्यास लिएका थिए ।

चाइनिज सुपर लिग र चीनको आधुनिक फुटबलमा झी लाई एक हस्ती गोलरक्षकका रुपमा समेत लिने गरिन्छ ।

Post Comments