News उदयपुर जिल्ला ए डिभिजन लिगः बेलटारको उत्कृष्ट जित
गोलनेपाल

त्रियुगा । यहाँ जारी उदयपुर जिल्ला ए डिभिजन लिगतर्फ बेलटार एकता युवा क्लबले उत्कृष्ट जित हात पारेको छ । उत्कृष्ट जित हात पार्ने क्रममा बेलटारले बगाहा फुटबल क्लबलाई ४–१ ले हरायो । खेलमा बेलटारका जस बहादुर राई म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा लालीगुराँस नवयुवा क्लब र आदर्श युवा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे । खेलमा लालीगुराँसका बिकेश बस्नेत म्यान अफ द म्याच घोषित भए ।

उदयपुर जिल्ला फुटबल संघको आयोजनामा जारी लिग विजेताले उपाधिसहित ५० हजार हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले २० तथा तेस्रो स्थान हासिल गर्ने टोलीले २० हजार प्राप्त गर्नेछ ।

Post Comments