काठमाडौं । उत्कृष्ट जित हात पार्दै बुधबार सम्पन्न एन्फा इन्टर–कलेज फुटसल च्याम्पियनसिपको उपाधि विनायक सिद्ध कलेजले जितेको छ । फाइनलमा विनायक सिद्धले ब्राईट भिजन कलेजलाई ८–३ को अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो ।
लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको फुटसल कोर्टमा भएको उपाधि भिडन्तमा विनायक सिद्धका लागि लाक्पा तामाङ एक्लैले ६ गोल गरे । त्यस्तै आदिल हामिद र सुशन श्रेष्ठले थप एक–एक गोल गरे । उता पराजित ब्राईट भिजनका लागि निशान रावलले ह्याट्रिक पूरा गरे ।
विजेता बनेको विनायक सिद्धले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेता ब्राईट भिजनले ३ लाखमा चित्त बुझाये । विधागततर्फ विनायक सिद्धका अभिषेक तामाङ उत्कृष्ट गोलरक्षक बन्दा ब्राईट भिजनका प्रसिद्ध मगरले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने विनायक सिद्धका लाक्पा लामा घोषित भए ।
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)
- रकम हिनामिनाको आरोपमा पूर्व एन्फा अध्यक्ष शेर्पा पक्राउ (पत्रसहित)
- फिफाको निलम्बनले नेपाली फुटबलमा गम्भीर असरः के गर्न मिल्छ, के मिल्दैन ?