News
यु–१३ इन्टर स्कुल सेभेन ए साईड फुटसल हुँदै
काठमाडौं । के स्पोर्टस एकेडेमीको आयोजनामा यही जेठ १० र ११ गतेका दिन यु–१३ इन्टर स्कुल सेभेन ए साईड फुटसल प्रतियोगिता हुने भएको छ ।
चुचेपार्ट भाटभटेनी फुटसलमा लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि पूरा भएको आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेता तथा उपविजेता टोलीहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । साथै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
विस्तृत जानकारीका लागि सम्पर्क नम्बर 9840579520 मा पनि सम्पर्क गर्न सकिने आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि