News
सानेपाका असिमको सफल शल्यक्रिया, लामो समय मैदान बाहिर रहने
काठमाडौं । जारी शहिद स्मारक सी डिभिजन लिगमा सानेपा क्लबका लागि खेलेका डिफेन्डर असिम उपाध्यायको एसिएल शल्यक्रिया सफलताका साथ सम्पन्न भएको छ ।
लिग कै क्रममा स्वयम्भु क्लब विरुद्ध खेल्ने क्रममा चोटिल बनेका असिमको चिरायु अस्पतालमा सफल शल्यक्रिया भएको हो । क्लबका अनुसार असिम करिब ६ महिना मैदान बाहिर रहने भएका छन् ।
स्मरण रहोस, जारी सी डिभिजन लिगमा सानेपा हाल ९ खेलबाट ११ अंकका साथ लिगतालिकाको नवौं स्थानमा छ । शिर्ष स्थानमा भने २० अंकका साथ बागमती रहेको छ ।
Post Comments
Related News
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)
- रकम हिनामिनाको आरोपमा पूर्व एन्फा अध्यक्ष शेर्पा पक्राउ (पत्रसहित)
- फिफाको निलम्बनले नेपाली फुटबलमा गम्भीर असरः के गर्न मिल्छ, के मिल्दैन ?