News
फेरि शिर्ष स्थानमा उक्लियो आरसी३२
काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ शुक्रबारदेखि दशौं चरणको खेलहरु शुरु हुँदै आरसी३२ फुटबल एकेडेमी फेरि लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको एक मात्र खेलमा आरसी३२ ले मनोहरा युनाइटेड युथ क्लबलाई २–१ ले हराउँदै शिर्ष स्थानमा उक्लिएको हो ।
आरसी३२ का लागि आशिष लावती र किस्मत लिम्बुले गोल गरे । उता पराजित मनोहराका लागि भने उत्तम शाहीले एक गोल फर्काएका थिए ।
यो जितसँगै १० खेलबाट २२ अंक जोडेको आरसी३२ लिगतालिकाको शिर्ष स्थानमा फर्किएको छ । त्यस्तै पराजित मनोहरा भने १४ अंकका साथ पाँचौं स्थानमा छ ।
Post Comments
Related News
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)
- रकम हिनामिनाको आरोपमा पूर्व एन्फा अध्यक्ष शेर्पा पक्राउ (पत्रसहित)
- फिफाको निलम्बनले नेपाली फुटबलमा गम्भीर असरः के गर्न मिल्छ, के मिल्दैन ?