काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ आइतबार भएको पहिलो खेलमा झम्सीखेल युवा क्लबले महत्वपूर्ण जित हात पारेको छ । झम्सीखेलले रानीबन स्पोर्टस क्लबलाई २–१ ले हराउँदै महत्वपूर्ण तीन अंक जोडेको हो ।
एन्फा कम्प्लेक्समा भएको खेलमा झम्सीखेलका लागि आकाश राना र अस्मित थापाले गोल गरे । उता पराजित रानीबनका लागि श्याम ब्यादीले एक मात्र गोल फर्काएका थिए ।
यो जितपछि १० खेलबाट १६ अंक जोडेको झम्सीखेल लिगतालिकाको पाँचौं स्थानमा उक्लेको छ । पराजित रानीबन भने ७ अंकका साथ १२औं स्थानमा छ ।
आइतबार नै भएको अर्को खेलमा गोलबजार स्पोर्टस क्लब र पुल्चोक स्पोर्टस क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । गोलबजारका लागि ओमप्रकाश सिंहले गोल गरे भने पुल्चोकका लागि सागर थिङले गोल गरे ।
यो नतिजापछि १० खेलबाट २० अंक जोडेको पुल्चोक लिगतालिकाको दोस्रो स्थानमा उक्लेको छ । उता गोलबजार भने ६ अंकका साथ पुछार मै यथावत छ ।
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”