काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ आइतबार भएको पहिलो खेलमा झम्सीखेल युवा क्लबले महत्वपूर्ण जित हात पारेको छ । झम्सीखेलले रानीबन स्पोर्टस क्लबलाई २–१ ले हराउँदै महत्वपूर्ण तीन अंक जोडेको हो ।
एन्फा कम्प्लेक्समा भएको खेलमा झम्सीखेलका लागि आकाश राना र अस्मित थापाले गोल गरे । उता पराजित रानीबनका लागि श्याम ब्यादीले एक मात्र गोल फर्काएका थिए ।
यो जितपछि १० खेलबाट १६ अंक जोडेको झम्सीखेल लिगतालिकाको पाँचौं स्थानमा उक्लेको छ । पराजित रानीबन भने ७ अंकका साथ १२औं स्थानमा छ ।
आइतबार नै भएको अर्को खेलमा गोलबजार स्पोर्टस क्लब र पुल्चोक स्पोर्टस क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । गोलबजारका लागि ओमप्रकाश सिंहले गोल गरे भने पुल्चोकका लागि सागर थिङले गोल गरे ।
यो नतिजापछि १० खेलबाट २० अंक जोडेको पुल्चोक लिगतालिकाको दोस्रो स्थानमा उक्लेको छ । उता गोलबजार भने ६ अंकका साथ पुछार मै यथावत छ ।
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)
- रकम हिनामिनाको आरोपमा पूर्व एन्फा अध्यक्ष शेर्पा पक्राउ (पत्रसहित)
- फिफाको निलम्बनले नेपाली फुटबलमा गम्भीर असरः के गर्न मिल्छ, के मिल्दैन ?