
काठमाडौं । पछिल्लो समय राष्ट्रिय टोलीबाट बाहिर रहेका युवा स्टार आयुष घलान फिफा विश्वकप छनौट अन्तर्गत युएई र यमन विरुद्धको खेलका लागि राष्ट्रिय टोलीको फाइनल स्क्वाडमा फर्किएका छन् ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार घोषणा गरेको २३ सदस्यीय फाइनल स्क्वाडमा आयुषले पूनःरागमन गरेका हुन् । त्यस्तै टोलीमा बसन्त जिम्बा र आशिकबाबु चौधरीले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।
स्मरण रहोस, विश्वकप छनौटतर्फ नेपालले यही जुन ६ तारीखका दिन युएईसँग र जुन ११ तारीखका दिन यमनसँग खेल्ने कार्यक्रम छ । दुवै खेलहरु साउदी अरेबियाको दमाम शहरमा हुने तय भईसकेको छ ।
नेपालको फाइनल स्क्वाडः
गोलकिपर्सः किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार,
डिफेन्डर्सः अनन्त तामाङ, अभिषेक लिम्बु, विमल पाण्डे, सनिश श्रेष्ठ, सौभाग्य राई, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द
मिडफिल्डर्सः मनिष डाँगी, बसन्त जिम्बा, भरत खवास, लकेन लिम्बु, सुमित श्रेष्ठ, मणिकुमार लामा, आशिष राई
फरवार्डर्सः जिलेस्पेजंग कार्की, हिसुब थपलिया, आशिकबाबु चौधरी, सञ्जीव विष्ट, आयुश घलान
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न