काठमाडौं (एजेन्सी) । पाकिस्तान फुटबल फेडरेशनले देशका पूर्व तथा वर्तमान राष्ट्रिय खेलाडीहरु (पुरुष–महिला) लाई राहत वितरण गर्ने भएको छ ।
त्यसका लागि पाकिस्तान एफएले कोभिड राहत कोष कमिटी समेत गठन गरेको छ । जसको मुख्य काम कोभिड–१९ का कारण आर्थिक समस्यामा परेका खेलाडीहरुलाई राहत दिनु हुनेछ ।
फुटबल पाकिस्तानका अनुसार कमिटीले कोरोना भाइरस (कोभिड–१९) का कारण आर्थिक समस्या र मारमा परेका सिमित वा सिफारिस गरिएका खेलाडीहरुलाई राहत हस्तान्तरण गर्नेछ ।
खबरअनुसार पाकिस्तानले तत्कालका लागि आफ्नै खर्चमा अनुमानित ५० खेलाडीहरुलाई राहत वितरण गर्ने बताइएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले दिने भनिएको राहत रकम हाल प्राप्त नभएकोले पाकिस्तानले एफएले आफ्नै कोषमा भएको रकम खेलाडीहरुलाई राहत स्वरुप दिने जनाएको छ ।
साथै पछि फिफाबाट प्राप्त हुने आर्थिक सहयोग पनि समस्यामा परेका सम्बन्धित खेलाडीहरुलाई राहत स्वरुप हस्तान्तरण गरिने समेत पाकिस्तान एफएले जनाएको छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै