News पाकिस्तानले भूपू तथा वर्तमान खेलाडीहरुलाई राहत दिने
गोलनेपाल

काठमाडौं (एजेन्सी) । पाकिस्तान फुटबल फेडरेशनले देशका पूर्व तथा वर्तमान राष्ट्रिय खेलाडीहरु (पुरुष–महिला) लाई राहत वितरण गर्ने भएको छ ।

त्यसका लागि पाकिस्तान एफएले कोभिड राहत कोष कमिटी समेत गठन गरेको छ । जसको मुख्य काम कोभिड–१९ का कारण आर्थिक समस्यामा परेका खेलाडीहरुलाई राहत दिनु हुनेछ ।

फुटबल पाकिस्तानका अनुसार कमिटीले कोरोना भाइरस (कोभिड–१९) का कारण आर्थिक समस्या र मारमा परेका सिमित वा सिफारिस गरिएका खेलाडीहरुलाई राहत हस्तान्तरण गर्नेछ ।

खबरअनुसार पाकिस्तानले तत्कालका लागि आफ्नै खर्चमा अनुमानित ५० खेलाडीहरुलाई राहत वितरण गर्ने बताइएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले दिने भनिएको राहत रकम हाल प्राप्त नभएकोले पाकिस्तानले एफएले आफ्नै कोषमा भएको रकम खेलाडीहरुलाई राहत स्वरुप दिने जनाएको छ ।

साथै पछि फिफाबाट प्राप्त हुने आर्थिक सहयोग पनि समस्यामा परेका सम्बन्धित खेलाडीहरुलाई राहत स्वरुप हस्तान्तरण गरिने समेत पाकिस्तान एफएले जनाएको छ ।

 

Post Comments