News मिउराले बनाए ५३ बर्षको उमेरमा अर्को किर्तिमान
गोलनेपाल

काठमाडौं (एजेन्सी) । उमेरले पाँच दशक पार गरिसकेका जापानका किर्तिमानी फुटबलर काजियोशी मियुराले अर्को किर्तिमान बनाउन सफल भएका छन् ।

गत बुधबार जे लिग कपतर्फ सगन टोसु विरुद्ध उत्रिएका मियुराले निकै दुर्लभ किर्तिमान फेरि आफ्नै नाममा लेखाए । कोभिड–१९ महामारीपछि फर्किएको जापानको फुटबल फेरि एकपटक सक्रिय बन्दैछ ।

त्यसैक्रममा मिउराले टोसु विरुद्ध एक विशेष किर्तिमान बनाए । जे लिगका अनुसार मिउराले सर्वाधिक पाको उमेरमा व्यवसायीक फुटबल प्रतियोगिता खेल्ने खेलाडीको किर्तिमान बनाउन सफल भएका हुन् । सो खेलमा मिउराको टोली योकोहामा एफसी १–० ले विजयी भएको थियो ।

गत २००५ देखि जापानीज जायन्ट योकोहामा एफसीका लागि खेलिरहेका मियुराले टोसु विरुद्ध ५३ बर्षको उमेरमा खेल्दै यो विशेष किर्तिमान बनाएका हुन् ।

जापानमा किंग काजुको उपनाम पाएका मिउराले सन् १९८६ देखि व्यवसायीक फुटबल खेल्न शुरु गरेका थिए । फरवार्ड पोजिसनमा खेल्ने मिउराले जापानका लागि पनि ८९ क्याप जित्दै ५५ गोल समेत गरेका छन् ।

 

Post Comments