News फिफा महिला वरियतामा नेपालको स्थान सुधार
गोलनेपाल

काठमाडौ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको ताजा वरियतामा नेपाली महिला फुटबल टोलीले आफ्नो स्थान सुधार गरेको छ ।

फिफाले जुन महिनाका लागि निकालेको ताजा वरियतामा नेपालले दुई स्थान सुधार गर्दै ९८औं स्थानमा पुगेको हो । साउदी अरेबियामा भएको वाफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेपछी नेपालको वरियतामा पनि सुधार आएको हो ।

दक्षिण एसियातर्फ भने नेपालको स्थान भारतपछी दोस्रो स्थानमा छ । एक स्थान तल खस्किएको भारत भने ६७औं स्थानमा छ । त्यस्तै १४०औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ तेस्रो स्थानमा छ ।

१५७औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ चौथो स्थानमा छ भने १५८औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ । त्यस्तै १६१औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ छैटौं स्थानमा रहँदा १७३औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ सातौं स्थानमा छ ।

विश्व वरियताको शिर्ष स्थानमा भने विश्व च्याम्पियन स्पेन छ । दोस्रो स्थानमा फ्रान्स रहँदा तेस्रो स्थानमा इङ्ल्याण्ड रहेको छ ।

 

Post Comments