News युवा खेलप्रेमी प्रदिप र प्रमोदको बालबालिकाहरूलाई फुटबल सहयोग
गोलनेपाल

निजगढ । फुटबलमा निरन्तर झुकाव भएका निजगढ वडा नम्बर ९ का बालबालिकाहरूलाई निजगढ वडा नम्बर ९ कै युवा खेलप्रेमीहरु प्रदिप सापकोटा र वडा नम्बर ६ का प्रमोद राउतले हौसला स्वरुप फुटबल वितरण गरेका छन ।

स्थानिय बालबालिकाहरुलाई खेलकुदमार्फत अघि बढाउनको लागि खेलकुद सामाग्री वितरण गरेको दाता प्रदिप सापकोटाले बताए । बाल्यावस्थाबाट नै बालबालिकाहरूलाई खेलकुद मार्फत सुमार्गमा हिडाउने आफुहरुको प्रयास स्वरुप फुटबल वितरण गरिएको अर्का दाता प्रमोद राउतले बताए ।

एक कार्यक्रमको आयोजना गरि १ दर्जन फुटबल र पम्प वितरण गरिएको हो । फुटबल ग्रहण गर्दै स्थानिय बालबालिकाहरूले पर्याप्त खेलकुद सामाग्री सहित प्रशिक्षकको व्यवस्था भएमा आफुहरुको खेल कुशलता बढ्दै जाने प्रतिक्रिया दिएका थिए । कार्यक्रममा निजगढ फुटबल क्लबका प्रशिक्षक सन्तोष गुरुङले निरन्तर प्रशिक्षण र अभ्यास मार्फत अघि बढ्न बालबालिकाहरुलाई सुझाव दिए ।

Post Comments