म्याङलुङ । तेह्रथुमको म्याङलुङ रंगशालामा जारी कोशी प्रदेश स्तरीय पुरूष फुटबल प्रतियोगिताको फाइनलमा मोरङ र ओखलढुंगा भिड्ने भएका छन ।
बिहीबार सम्पन्न सेमीफाइनलमा मोरङले पॉचथरलाई २-० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । मोरङका लागि दुबै गोल अनिष पुलामी मगरले गरे । उनै मगर उक्त खेलको म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै दोस्रो सेमिफाइनलमा ओखलढुंगाले झापालाई ट्राइवेकरमा ३-० ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । पहिलो हापको शुरूवाती मिनेटमै ओखलढुंगाका मानकृष्ण राईले गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए भने पहिलो हापको २२औं मिनेटमा झापाका प्रदिप बुढाथोकीले बराबरी गोल फर्काएका थिए ।निर्धारीत समयमा दुवै टिमबाट थप गोल नभएपछि खेलको नतिजा ट्राईवेकर मार्फत निकालिएको थियो ।
झापाको दुई पेनाल्टी बाहिरीदा एक प्रहार ओखलढुंगाका गोल रक्षक चन्द्र सुन्दर श्रेष्ठले बचाएका थिए भने ओखलढुंगाले तिन वटै पेनाल्टी गोलमा परीणत गरेको थियो । खेलको म्यान अफ द म्याच चन्द्र सुन्दर श्रेष्ठ बने ।
मोरङ र ओखलढुंगा बिचको फाइनल खेल असार ८ गते शनिबार दिनको २ बजे देखि हुने बताइएको छ । प्रतियोगिताको विजेताले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले २ लाख २२ हजार २ सय २२ रुपैया प्राप्त गर्नेछ।
- दॉगपा माघेनी मेला : दोस्रो दिन आईतबार पहिलो चरणका ६ खेल सम्पन्न
- तेह्रथुमको दॉगपामा माघेनी मेला शुरूः पहिलो दिन दुई खेल सम्पन्न
- तेह्रथुमको मोराहाङमा खुला फुटबल प्रतियोगिता हुने
- तेह्रथुमको दॉगपामा माघेनी मेला पुरूष तथा महिला फुटबल प्रतियोगिता हुने
- छातेढुंगा दीपावली मेला: पुरूषतर्फ लुङछाता र महिला तर्फ म्याङलुङलाई उपाधि